सीसीटीभी फुटेज प्रकरण – छानबिन समितिको बैठक बस्दै

नेपालभ्युज

सीसीटीभी फुटेज प्रकरण – छानबिन समितिको बैठक बस्दै
फाइल फोटो

काठमाडौं। ६ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निमार्णमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ ।

१० दिनको समय नपुगेपछि बिहीबार समितिको म्याद संसदले ७ दिन थपिदिएको छ। थपिएको समयको पहिलो दिन आज बैठक बस्न लागेको हो।

शर्माले अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे पछि संसदीय छानबिन समितिले अनुसन्धान सुरु गरेको हो ।

गत बिहीबार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घण्टा सोधपुछ गरेको थियो। शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको जिकिरलाई दोहा¥याएका छन्।

समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो ।
जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिए पछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानबिन गरिरहेको छ।

सीसीटीभी फुटेज भने डिलिट भएको छ। रिकभर गर्न प्रहरीमा पठाइसकेको, रिपोर्ट आउन बाँकी रहेको समितिले जनाएको छ।

संसदीय विशेष छानबिन समितिमा ११ सदस्य छन्। लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved