ललितपुर महानगरपालिकालाई राफ्ट इलेक्ट्रिक स्कूटर हस्तान्तरण

नेपालभ्युज

ललितपुर महानगरपालिकालाई राफ्ट इलेक्ट्रिक स्कूटर हस्तान्तरण

काठमाडौं। ५ साउन। आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिक प्रालिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपालिकाले हस्तान्तरण गरेका हो ।

आइएमई इलेक्ट्रिक प्रा.लि राफ्ट इलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुल चार्जेमा १०० किमी रेन्जसम्म  गुड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमी , बलियो बनावट साथै अधिक पर्फर्मेन्स दिनसक्ने भएकाले सो स्कूटरहरु खरिद गरिएअको नगरपालिकाले बताएको छ ।

भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरू हुन् । कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुविधा हुने बताए । नगर प्रमुख सिताराम हाछेथुले भने क्वीक रेस्पोन्स टीम स्कुटरहरूलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved