‘नेताहरु जतिपटक भारत जान्छन्, त्यतिपटक नेपाली भूमि अतिक्रमण भएको छ’

‘‘माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै भारत भ्रमण भयो। प्रधानमन्त्री पत्नी आरजु राणा पनि उतै हुनुहुन्छ,’’ उनले भने, ‘‘यही बेला नेपाली भूमिमाथि भारत सरकारले मिच्ने काम पनि बढाएको छ।’’

नेपालभ्युज

‘नेताहरु जतिपटक भारत जान्छन्, त्यतिपटक नेपाली भूमि अतिक्रमण भएको छ’

काठमाडौं। सांसद प्रेम सुवालले नेता तथा सरकारी अधिकारीहरु भारत भ्रमणमा गएका बेला नेपाली भूमि अतिक्रमण हुने गरेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको भारत भ्रमणतर्फ संकेत गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता सुवालले यस्तो आरोप लगाएका हुन्।

‘‘माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै भारत भ्रमण भयो। प्रधानमन्त्री पत्नी आरजु राणा पनि उतै हुनुहुन्छ,’’ उनले भने, ‘‘यही बेला नेपाली भूमिमाथि भारत सरकारले मिच्ने काम पनि बढाएको छ। यसबारे माओवादी अध्यक्षज्यूलाई संसद्‌मा  बोल्न दिनु जरुरी छ।’’

उनले भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा सरकारको ध्यानाकर्षण गराए। ‘‘कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ बिच फाँटमा रहेको पिल्लर नम्बर १९५ ढालिएको वर्षौँ भयो। ढलेको सीमास्तम्भ भएको ठाउँमा अचेल नेपालीहरु जान नपाएको गुनासो छ। पिल्लर १९६ वर्षौँदेखि भारत सरकारले गायब पारेको समाचार छ,’’ उनले भने, ‘‘भारत सरकारले कञ्चनपुरको पुनर्वास, परासन, रामपुर, विलासपुर, शुक्लाफाँट, राष्ट्रिय निकुञ्ज, गड्डाचौकी, ब्रह्मदेवको नेपाली भूमि मिचेको स्थानीय जनताको गुनासो छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved