यी जिल्लाबाट भर्न सकिन्छ अनलाइन मतदाता नामावली फारम

निर्वाचन आयोगले काठमाडौंसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको हो।

नेपालभ्युज

यी जिल्लाबाट भर्न सकिन्छ अनलाइन मतदाता नामावली फारम

काठमाडौं। विभिन्न आठ जिल्लाबाट अनलाइन मतदाता नामावली भर्न मिल्ने भएको छ। निर्वाचन आयोगले काठमाडौंसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको हो।

आयोगका अनुसार अब उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित काभ्रे, चितवन, कास्की, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन फारम भर्न सकिने छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved