कोरोना संक्रमण बढ्दै, फैलिने संकेत हो ?

पछिल्ला केही दिनयता दैनिक थपिने कोभिड–१९ का संक्रमितको सङ्ख्या बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार पछिल्लो केही दिनयता दैनिक थपिने संक्रमितको सङ्ख्या तीन सयभन्दा बढी छ। सक्रिय संक्रमितको संख्या १९८२ छ।

नेपालभ्युज

कोरोना संक्रमण बढ्दै, फैलिने संकेत हो ?

काठमाडौं। पछिल्ला केही दिनयता दैनिक थपिने कोभिड–१९ का संक्रमितको सङ्ख्या बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार पछिल्लो केही दिनयता दैनिक थपिने संक्रमितको सङ्ख्या तीन सयभन्दा बढी छ।

पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर १० प्रतिशतभन्दा बढी छ। यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९८२ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्ला दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुको कारण ओमिक्रोन भेरियन्टको सबभेरियन्ट बीए.५ सङ्क्रमण हुन सक्ने विशेषज्ञहरू बताउँछन्।

समय सङ्क्रमण बढ्दै जानु र सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएकाले चौथो लहर सुरु भएको विज्ञहरू बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कोरोना महामारीको चौथो लहरको सङ्केत देखिएको बताए।
ओमिक्रोनको नयाँ सबभेरियन्ट बीए.५ सङ्क्रमणका कारण सङ्क्रमण दर बढेको हुन सक्ने सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाको भनाइ छ।

पछिल्ला केही दिनयता दैनिक थपिने कोभिड–१९ का संक्रमितको संख्या बढ्न थालेपछि अनिवार्य रूपमा बुस्टर डोज खोप लगाउन स्वास्थ्यकर्मीहरू सुझाव दिएका छन्। पूर्ण मात्रा खोप लगाएकाले बुस्टर जोड खोप लगाएमा सङ्क्रमण भए पनि स्वास्थ्यमा जटिलता कम आउने विज्ञको भनाइ छ।
जनस्वास्थ्यको मापदण्ड पालना गर्न अति आवश्यक रहेको भन्दै उनले मास्कको प्रयोग, नियमित रुपमा हातको सरसफाइका साथै सामाजिक दुरीको ख्याल गर्न पनि जानकारहरूले आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved