गम्भीर बिरामी परे देउडा गायक कठायत

अहिले नवजीवन अस्पताल धनगढीको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ।

नेपालभ्युज

गम्भीर बिरामी परे देउडा गायक कठायत

धनगढी। वरीष्ठ देउडा गायक हरिचन्द्र कठायत गम्भीर बिरामी परेका छन्।

बझाङको छब्बिस पाथिभरा गाउँपालिका २ मुम्ला निवासी ५४ वर्षीया कठायत शनिबार एक्कासि बेहोस भएका थिए। उनलाई अचेत अवस्थामै अस्पताल पुर्‍याइएको थियो। उनको स्वास्थ्यमा कुनै सुधार आउन सकेको छैन।

यो समाचार तयार पार्दासम्म गायक खड्काको होस नआएको बुबाले जानकारी दिए। अहिले नवजीवन अस्पताल धनगढीको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ।

२०५० सालदेखि निरन्तर देउडा गायन क्षेत्रमा सक्रिय कठायतले सयौं प्रस्तुतिहरू बजारमा ल्याएका छन्। क्यासेटमार्फत गीत प्रस्तुत हुने समयमा उनी सुदूरपश्चिममा निकै चर्चित गायक थिए। पछिल्लो समय प्रविधि फेरिएसँगै उनका केही गीतमात्रै बजारमा छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा गाइने ठाडी भाका र देउडा गीतमा कठायत सबैभन्दा अग्रणी भागमा रहेर आफ्ना प्रस्तुतिहरू दिँदै आएका थिए। उनका ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘ल बिणी खान्या की’ जस्ता थुप्रै क्यासेटहरू चर्चित छन्।

यस्तै बझाङमा प्लेन दुर्घटना र बाढी पहिरो आउँदा कठायतले ‘जिउँ ज्यान लैग्यो जहाजले, घर जग्गा सेती’ भन्ने यर्थाथ घटनामा आधारित गीत बजारमा ल्याएका थिए।

‘सिरसिर हावा र दाङ राम्रो फाँटैले’ बोलको लोकगीत नेपाली बजारमा ल्याएर सानै उमेरमा चर्चा बटुलेका गायक खड्काले ‘कसम’ बोलको गीत बजारमा ल्याउने तयारी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved