मन्दिरको मूर्तिमा जडित १२ लाख बराबरको सुनचाँदी चोरी गर्ने तीन जना पक्राउ

नेपालभ्युज

मन्दिरको मूर्तिमा जडित १२ लाख बराबरको सुनचाँदी चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं। नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गर्ने तीन जना पक्राउ परेका छन्।

काठमाडौं गौरीघाट बस्ने सिन्धुपाल्चोकका १८ वर्षीया किशोरी, सर्लाहीका २० वर्षीय सिद्धार्थ बुढाथोकी र काठमाडौं खरिबोट बस्ने गुल्मीका २५ वर्षीय विष्णु पछाईलाई चोरी अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको हो।

२३ असारको राति काठमाडौं महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडेर करिब १२ लाख बराबरको सुन तथा चाँदीका गहना चोरी भएको थियो।

घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रही फरार रहेका उनीहरूलाई चोरी भएका विभिन्न सुन तथा चाँदीका गहनासहित पक्राउ गरेको हो।

उनीहरूबाट सुनको तिलहरी, सिसा दानी, चुकुन्द, लकेट, बथनी अर्घ, ऐना र मुकुट १/१ थान, चाँदीको करूवा, पाता, गिलास र माला २/२ थान, दियो ५ थान, दियो बाल्ने ११ थान, कचौरा ४ थान, चम्चा ३ थान र १ सय २४ थान विभिन्न सिक्काहरू प्रहरीले बरामद गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved