क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले जित्यो सिंगापुर ट्रफी

जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी पनि जितेको छ।

नेपालभ्युज

क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले जित्यो सिंगापुर ट्रफी

काठमाडौं। इंग्लिस क्लब लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ। गएराति भएको खेलमा लिभरपुल विजयी भएको हो।

प्रि–सिजन टुरअन्तर्गत सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको छ।

खेलको १२ औँ मिनेटमा जोर्डन हेण्डरसन र ४७ औँ मिनेटमा मोहमद सलाहले एक एक गोल गरेपछि लिभरपुल जित निकाल्न सफल भएको हो।

जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी पनि जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved