ड्युटीमा नजाने चिकित्सकलाई अस्पतालले गर्‍यो कारबाही

नेपालभ्युज

ड्युटीमा नजाने चिकित्सकलाई अस्पतालले गर्‍यो कारबाही

चितवन। भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ।

गत आइतबार बिहान ‘२४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नगएको’ भन्ने समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो।

उक्त दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भंग गरिएको उनले बताए।

विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले मेडिकल र वृद्धवृद्धा वार्डका साथै क्याबिनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षणमा गरे पनि साँझ नगएपछि बिरामीका कुरुवाले गुनासो गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved