एमालेले गम्भीर आत्मसमीक्षा गरेन, आगामी चुनावमा यही गठबन्धन रहन्छ : देव गुरुङ

नेपालभ्युज

एमालेले गम्भीर आत्मसमीक्षा गरेन, आगामी चुनावमा यही गठबन्धन रहन्छ : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन्।

संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका विषयमा एकमत रहेकाले गठबन्धनबीच चुनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे।

गुरुङले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा एमालेले गरेको गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन नसक्ने तर्क गरे।

फरक प्रसंगमा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टीकाटिप्पणी गर्न उचित नहुने धारणा राखे। नेता गुरुङले सबैका सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ विधेयक सदनमा दर्ता हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved