यौनहिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने समितिकाे निर्णय

नेपालभ्युज

यौनहिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने समितिकाे निर्णय
फाइल तस्वीर

काठमाडौं। संसद्‌को कानून, न्याय तथा मानवअधिकार समितिले यौनहिंसा पीडितलाई राज्य कोषबाटै क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको समितिको बैठकले यौनहिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो।

विद्यमान कानूनअनुसार पीडकबाट नै पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्था छ। यसले पीडितलाई थप पीडा दिने भन्दै सांसदहरुले राज्य कोषबाटै क्षतिपूर्ति दिलाउनुपर्ने प्रस्ताव गरेका थिए।

समितिको शुक्रबारको बैठकमा उक्त विषयमा यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको थियो।

छलफलका क्रममा छलफलपछि अब पीडकबाट कारबाहीस्वरुप लिइएको क्षतिपूर्ति राज्यकोषमा जम्मा गरेर, त्यसैबाट पीडितलाई क्षतिपूर्ति दिलाउनेबारे सहमति जुटेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved