नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्योः एमाले

नेपालभ्युज

नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्योः एमाले
फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गरेको टिप्पणी गरेको छ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले दुई वर्ष छलफल भएर सहमति नजिक पुगेको उक्त विधेयक फिर्ता लिने निर्णयले आश्चर्यचकित भएको भन्दै सरकारले नागरिकको सामान्य हक खोस्ने काम गरेको बताए।

सरकारले ल्याउने भनेको अर्को विधेयक नहेरी एमालेले आँखा चिम्लेर समर्थन गर्न नसक्ने उनले जिकिर गरे। भट्टराईले छिटो भन्दा छिटो ऐन पास गरेर नागरिकताविहीनलाई नागरिकता दिनुपर्ने उल्लेख गरे।

बिनाकारण उक्त विधेयक फिर्ता लिने काम उचित नभएको उनले तर्क गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved