चट्याङ लागेर जुम्लामा युवकको मृत्यु

घरबाट सिमी गोडमेल गर्न लेकतिर गएको र पानी परेको बेला रुखमुनि ओत लागिरहेको समयमा चट्याङ लागेर उनको मृत्यु भएको हाे।

नेपालभ्युज

चट्याङ लागेर जुम्लामा युवकको मृत्यु

सुर्खेत। जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

तिला गाउँपालिका– ९ मालापानीका १८ वर्षीय प्रेमबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घरबाट सिमी गोडमेल गर्न लेकतिर गएको र पानी परेको बेला रुखमुनि ओत लागिरहेको समयमा चट्याङ लागेर उनको मृत्यु भएको जिप्रका जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved