नागरिकता विधेयक फिर्ताविरुद्ध ढल्केवरमा प्रदर्शन

नेपालभ्युज

नागरिकता विधेयक फिर्ताविरुद्ध ढल्केवरमा प्रदर्शन

जनकपुरधााम। सरकारले नागरिकता विधेयक फिर्ता लिएको विरोधमा धनुषाको ढल्केवरमा प्रदर्शन भएको छ

बुधबार ढल्केवर चौकस्थित रहेको पार्क अगाडि नागरिकता विहिन युवाहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनका सहभागीहरुले “नेपाल सरकार मुर्दावाद, नागरिकता विधेयक छिटो दर्ता गर, संविधानको धारा लागू गर’जस्ता पर्चा तथा ब्यानर बोकेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनमा नागरिकता विहिन संषर्घ समितिका केन्द्रीय अध्यक्ष इन्द्रजीत साफीलगायत नागरिकताविहिन युवाको सहभागिता थियो ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

२०७५ सालमै सरकारले ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको थियो।

उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद थियो ।

नागरिकता विधेयक पारित नहुँदा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved