चाँगुनारायण र हेटौँडामा पनि भेटिए हैजाका बिरामी

२१ जनामा हैजा पुष्टि

हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएको हो।

नेपालभ्युज

चाँगुनारायण र हेटौँडामा पनि भेटिए हैजाका बिरामी

काठमाडौं। बुधबार थप दुई जनामा हैजा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएको जानकारी दिए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ।

नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उनले बताए। अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले खानेपानीका कारणले हैजाका बिरामी को बताए। उनका अनुसार हैजा देखिएका ठाउँको खानेपानी परीक्षण गर्दा खान अयोग्य रहेको छ।

उनले कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved