प्रदेश नं १ : यी हुन् मन्त्रिपरिषद्को निर्णय

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनामा परेका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ।

नेपालभ्युज

प्रदेश नं १ : यी हुन् मन्त्रिपरिषद्को निर्णय

विराटनगर। प्रदेश नं १ को सरकारले यातायात व्यवस्था निर्देशनालयको सङ्गठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ। प्रदेश नंं १ मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो निर्णय गरेको हो।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनामा परेका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार सङ्कलन (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था गरेको छ।

कृषि मन्त्रालयको उक्त प्रस्तावसँगै सोही मन्त्रालयबाट प्रस्तुत भएको शिलबन्दी प्रस्ताव मूल्याङ्कन प्रक्रियामा समावेश नगर्न निर्देशन गर्ने सम्बन्धमा र पुरक संक्षिप्त सङ्गठन संरचना तथा कर्मचारी दरबन्दी विवरण स्वीकृति सम्बन्धमा पनि बैठकले निर्णय गरेको मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रेस संयोजक बन्धु पोखरेलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved