घुससहित सब-इन्जिनियर पक्राउ

पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ।

नेपालभ्युज

घुससहित सब-इन्जिनियर पक्राउ
सांकेतिक तस्वीर

पर्सा। शहरी विकास तथा भवन कार्यालय पर्साका सब–इन्जिनियर रुपेशकुमार दुवेलाई प्रहरीले एक लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो।

सब डिभिजन वन कार्यालय वसन्तपुर र सब डिभिजन वन कार्यालय मनवामा १७ लाख रुपैयाँको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए।

पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ।

मूल्याङ्कनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved