कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल

नेपालभ्युज

कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो। उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकबारे प्रारम्भिक छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

पार्टीले सो मस्यौदा र भ्रातृ एवं शुभेच्छुक संस्थाबारे छलफल गर्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखक, मीन विश्वकर्मा र पुष्पा भुसाललाई जिम्मेवारी दिएको छ।

बैठकमा म्याद सकिएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यता पाऊँ भनी पार्टीमा दिएको निवेदनबारे पनि छलफल भएको सहमहामन्त्री पाण्डेले बताए।

“पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यताबारे अब बस्ने केन्द्रीय समितिको बैठकमा कसरी छलफल गराउने भन्नेबारे पदाधिकारी बैठकमा छलफल भएको छ”, उनले भने। आगामी बैठक आगामी असार २६ गते आइतबार बस्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved