स्वास्थ्य बीमा कार्यक्रम रोक्ने बीएण्डसी र नोबेल मेडिकल कलेजको घोषणा

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले २० असारबाट स्वास्थ्य बीमा कार्यक्रम रोक्ने जानकारी दिए।

नेपालभ्युज

स्वास्थ्य बीमा कार्यक्रम रोक्ने बीएण्डसी र नोबेल मेडिकल कलेजको घोषणा

काठमाडौं। झापाको बीएण्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले २० असारबाट स्वास्थ्य बीमा कार्यक्रम रोक्ने जानकारी दिए।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा बापतको ४५ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी नदिएका कारण बीमा कार्यक्रम रोकिएको उनले बताए। उनका अनुसार २०७८ मंसिरपछि बीमाबापतको रकम अस्पतालले पाएको छैन।

त्यस्तै नोबेलको ५४ करोडभन्दा बढी रुपैयाँ लिन बाँकी छ।

सकारले ०७२ चैत २५ देखि कैलालीबाट शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ७७ ओटै जिल्लामा लागू भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved