पहिरोले अवरुद्ध सिस्नेरी सडक सञ्चालनमा आयो

नेपालभ्युज

पहिरोले अवरुद्ध सिस्नेरी सडक सञ्चालनमा आयो
फाइल फोटो

हेटौँडा। पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ।

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको थियो। हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

यस्तै पहिरोकै कारण केही दिनदेखि अवरुद्ध कान्तिराजपथ सडकखण्डमा पनि आजदेखि यातायात सञ्चालनमा आएको छ। विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved