अमेरिकी केन्द्रीय बैंकले गर्‍यो ब्याजदर बढाउने घोषणा

गत मार्चमा पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महँगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अनुमान अर्थविद्हरूले गरेका छन्।

नेपालभ्युज

अमेरिकी केन्द्रीय बैंकले गर्‍यो ब्याजदर बढाउने घोषणा

एजेन्सी। अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ। विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बनाउने घोषणा बैंकले गरेको हो।

फेडरल रिजर्भ बैंकले आगामी तीन ओटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ प्रतिशतसम्मले ब्याजदर बढाउने घोषणा गरेको हो। सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो।

गत मार्चमा पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महँगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अनुमान अर्थविद्हरूले गरेका छन्।

यो वर्षको अन्त्यसम्ममा बैंकहरूले फेडरल रिजर्भ बैंकबाट सापटी लिँदा तीन दशमलव चार प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने बताइएको छ। यसले सर्वसाधारण पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved