विश्वकप लिग–२ क्रिकेटमा अमेरिकासँग नेपालको नाटकीय बराबरी

नेपालभ्युज

विश्वकप लिग–२ क्रिकेटमा अमेरिकासँग नेपालको नाटकीय बराबरी

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा आयोजक अमेरिका र नेपालबीचको खेल बराबरीमा सकिएको छ।

गए राति भएको खेलमा नेपालका लागि डेब्यू खेल खेलिरहेका अलराउण्डर आदिल अन्सारीले अन्तिम ओभरमा शानदार बलिङ गरेपछि नेपाल खेल बराबरीमा सक्न सफल भयो।

विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकालाई २७५ रनको लक्ष्य दिएको थियो। अन्तिम ओभरमा जितका लागि अमेरिकालाई मात्र ६ रन चाहिन्थ्यो।

तर पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलिरहेका आदिलले अन्तिरम ओभरमा मात्र पाँच रन दिए भने अमेरिकाले अन्तिम दुई बलमा दुई विकेट गुमायो।

खेल बराबरीमा सकिएपछि दुवै टिमले एक-एक अंक बाडे। ब्याटिङमा पनि ३६ रन जोडेका र नेपालको हार जोगाएका आदिल नै खेलको उत्कृष्ट खेलाडी घोषित भए।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरको नेपालले ४९.२ ओभरमा अलआउट हुनुअघि २७४ रनको योगफल तयार पारेको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२, ओपनर आसिफ शेखले ६१ र देव खनालले ५४ रन जोडेका थिए।

अमेरिकाका लागि भने ओपनर स्टेभेन टेलेरले शतकीय पारी खेलेका थिए। उनले ११४ र कप्तान मोनाक पटेलले ८५ रनको योगदान गर्दै अमेरिकालाई जित नजिक पुर्‍याएका थिए।

तर अन्तिम ओभरमा आदिलको कसिलो बलिङका कारण अमेरिकाले खेल जित्न सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved