विद्यालयस्तरबाटै शुरु भयो सौन्दर्य कलासम्बन्धी पठनपाठन

नेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन शुरु हुने भएको छ।

नेपालभ्युज

विद्यालयस्तरबाटै शुरु भयो सौन्दर्य कलासम्बन्धी पठनपाठन

काठमाडौं। नेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन शुरु हुने भएको छ।

डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि ११ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन शुरु गर्न लागेको हो।

पाठ्यक्रम विकास केन्द्र, सौन्दर्य कला व्यवसायी संघ र पद्मकन्या विद्यालयले संयुक्तरुपमा आयोजना गरेको छलफल कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रीता तिवारीले विद्यालय शिक्षा समाप्त भएपश्चात छात्राहरु आत्मनिर्भर र स्वावलम्बी बन्न सकुन् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिई सो विषयको पठनपाठन शुरु गरिएको बताइन्। उनले सौन्दर्यकला शुरु गर्ने पहिलो विद्यालयको रुपमा स्थापित हुन पाउँदा निकै आभारी भएको बताउँदै यसमा विशेष सहयोग पुर्‍याउने सौन्दर्य कला संघलाई धन्यवाद दिइन्।

कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठयक्रममा समावेश गराउन निकै संघर्ष गरेको र सफल भएको बताउँदै खुशी व्यक्त गरिन्।

“विद्यालय तथा विभिन्न निकायसँग पटक पटकको छलफलपछि अन्ततः सौन्दर्यकला पाठ्यपुस्तकमा समावेश गरिएको छ,” उनले भनिन्, “यो खुशीको विषय मात्र नभएर विशेषगरी छात्राहरुको लागि आफ्नो सिप प्रदर्शन गर्ने र आत्मनिर्भर बन्ने बाटो समेत हो।”

छलफलमा उपस्थित पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले संघ र विद्यालयको यो प्रयास निकै फलदायी रहेको बताए। उनले यस विषयसम्बन्धी बनाइने थप योजना र कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रको पूर्ण सहयोग रहने बताए।

छलफलमा अभिभावकलगायत विद्यार्थीको पनि सहभागीता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved