भरतपुरमा ग्लोबल आईएमई बैंकको भवन शिलान्यास

नेपालभ्युज

भरतपुरमा ग्लोबल आईएमई बैंकको भवन शिलान्यास

काठमाडौं। ग्लोबल आईएमई बैंकले भरतपुरमा आफ्नो भवनको शिलान्यास गरेको छ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा भवन निर्माण गर्न लागेको हो। बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भवनको शिलान्यास गरे।

साथै बैंकले चितवनकै सौराहमा ३ दिने प्रबन्धकहरुको भेला तथा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङ्गसम्बन्धी सचेतना र्‍याली आयोजना गरेको छ। उक्त सचेतना र्‍याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो।

बैंकका २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय संचालनमा छन्। करिब २८ लाख बढी ग्राहकले सेवा लिइरहेको बैंकले जनाएको छ। बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved