कर्णालीका जिससमा सत्ता गठबन्धनको भागबण्डा

कर्णाली प्रदेशका १० जिल्लामध्ये कांग्रेसले पाँच, माओवादीले चार र एकीकृत समाजवादीले एक जिल्लाको जिसस प्रमुख पाउनेगरी भागबण्डामा सहमति भएको छ।

कर्णालीका जिससमा सत्ता गठबन्धनको भागबण्डा

सुर्खेत। कर्णाली प्रदेशमा जिल्ला समन्वय समितिका लागि सत्ता गठबन्धनले भागबण्डा गरेका छन्।

सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले जिल्ला समन्वय समितिका लागि भागबण्डा गरेका हुन्।

कर्णाली प्रदेशका १० जिल्लामध्ये कांग्रेसले पाँच, माओवादीले चार र एकीकृत समाजवादीले एक जिल्लाको जिसस प्रमुख पाउनेगरी भागबण्डामा सहमति भएको छ।

जिल्ला समन्वय समितिहरुको निर्वाचन सम्बन्धमा शनिबार र आइतबार दुई दिन सत्ता साझेदार दलहरुबीच बैठक भएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

केसीले गठबन्धन भित्रमात्रै गठवन्धन गर्ने निर्णय गरेको जानकारी दिइन्। तर, कुन जिल्ला कसले पाउने भन्नेबारे भने खुलाइनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved