वंशवादको आरोप लगाएपछि रामचन्द्रलाई सिर्जनाको प्रश्न : मेरो साथ र सहयोग बिर्सनुभयो ?

सिंहले आफूले गरेको सहयोग भुलेर पौडेलले गलत आरोप लगाएको बताएकी हुन्। उनले आफ्नो राजनीतिक यात्राको बारेमा प्रकाशमानभन्दा पहिले पौडेललाई थाहा भएको पनि उल्लेख गरेकी छन्।

नेपालभ्युज

वंशवादको आरोप लगाएपछि रामचन्द्रलाई सिर्जनाको प्रश्न : मेरो साथ र सहयोग बिर्सनुभयो ?

काठमाडौं। सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरको मेयरमा पराजित नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी छन्।

काठमाडौंमा कांग्रेस नेतृत्वको गठबन्धन पराजयको कारण वंशवादका आधारमा टिकट बाँडिनु रहेको पौडेलको अभिव्यक्तिपछि सिर्जनाले पौडेललाई सामाजिक सञ्जालबाटै प्रश्न गरेक हुन्।

सिंहले आफूले गरेको सहयोग भुलेर पौडेलले गलत आरोप लगाएको बताएकी हुन्। उनले आफ्नो राजनीतिक यात्राको बारेमा प्रकाशमानभन्दा पहिले पौडेललाई थाहा भएको पनि उल्लेख गरेकी छन्।

पौडेलले नै आफूलाई वंशवादको आरोप लगाउने कुरा नसुहाएको उनले बताइन्। उनले लेखेकी छन्, ‘मेरो बिहेअघि तपाई गोरखामा जेल पर्नुहुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनुभएको हो दाइ ? यो कुरा तपाईको मुखबाट आउँदा भन्दा अली सुहाएन कि दाइ 🙏’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved