अर्घाखाँची जिससमा एमाले निर्विरोध

अर्घाखाँची जिल्ला समन्वय समितिको सबै पदमा एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।

नेपालभ्युज

अर्घाखाँची जिससमा एमाले निर्विरोध

सन्धिखर्क। अर्घाखाँची जिल्ला समन्वय समितिको सबै पदमा नेकपा (एमाले) का उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।

सत्तारूढ पाँचदलीय गठबन्धनले उम्मेदवारी नदिएका कारण सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।

जिल्ला समन्वय समितिको प्रमुखमा एमाले नेता जीवनारायण कोइराला निर्वाचित भएका छन्। पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्यसमेत हुन्।

उपप्रमुखमा नेत्री लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन्। उनी छत्रदेव–१ चिदीकी पूर्वमाओवादी नेत्रीसमेत हुन्।

समन्वय समितिको खु्ल्ला सदस्यमा पाणिनी–७ का कमल घिमिरे, भूमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन्। महिला सदस्यमा टुल्कादेवी आचार्य (मालारानी–४), डालकुमारी भण्डारी (शितगंगा–१०) र सीता आचार्य (मालारानी–१) निर्वाचित भएकी छन्। दलित र अल्पसंख्यक सदस्यमा मीना बिसी परियार चयन भएकी छन्।

जिल्लाका छ ओटा पालिकामध्ये तीन ओटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई ओटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित निश्चित भएको हो। समन्वय समिति गठनका लागि आवश्यक १२ मतमध्ये एमालेको ८, नेपाली कांग्रेसको २, राष्ट्रिय जनमोर्चाको १ र नेकपा (माओवादी केन्द्र) को १ मत रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved