प्रचण्डलाई भेट्न खुमलटारमा मेयर बालेन्द्र

प्रचण्डले मेयर साहलाई भने, ‘तपाईले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ, त्यो राम्रो छ। त्यसैले तपाईलाई हाम्रो सधैं साथ र सहयोग हुनेछ।’

नेपालभ्युज

प्रचण्डलाई भेट्न खुमलटारमा मेयर बालेन्द्र

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

खुमलटार पुगेर मेयर साहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्। प्रचण्डसँगको भेटमा समसामयिक विषयमा छलफल भएको छ।

भेटमा प्रचण्डले बालेनहरु जस्ता स्वस्तन्त्र व्यक्तिको जित ठूलो कुरा भएको बातएका छन्। उनले लोकतन्त्रमा स्वतन्त्रहरुको जित क्रान्ति जस्तै भएको बताएका हुन्।

प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले मेयर साहलाई भने, ‘तपाईले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ, त्यो राम्रो छ। त्यसैले तपाईलाई हाम्रो सधैं साथ र सहयोग हुनेछ।’

त्यसअघि, मेयर साहले प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved