निजगढ विमानस्थल माग्दै बारामा राँके जुलुस

नेपालभ्युज

निजगढ विमानस्थल माग्दै बारामा राँके जुलुस

जनकपुरधाम । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि सर्वोच्चको निर्णयप्रति विरोध हुन थालेको छ।

बाराको कोल्हवी सरोकार, संघर्ष समितिले कोल्हवी बजारमा आज राकेश जुलुश प्रदर्शन गरेको छ। शुक्रबार सयौं सरोकारवालाको उपस्थितिमा राके जुलश प्रदर्शन गरिएको हो। कोल्हवी नगरपालिकाको भूभागमा निर्माण हुन लागेको विमानस्थल सर्वोच्च अदालतले रोकेपछि त्यस क्षेत्रका स्थानीय आन्दोलित हुँदै आएका छन्।

कोल्हवीको मनकामना चोकदेखि बजारमा परिक्रमा गरेर मुख्य चोक कोल्हवी नगरपालिकाको वडा नम्बर १ को कार्यालय अगाडि जुलुस कोण सभामा परिणत भएको थियो।

कोण सभामा बोल्दै युवा नेता राजेन्द्र मैनालीले विमानस्थल निर्माणमा सबै दलले चासो देखाउनुपर्ने बताए। संघर्ष समितिको जनसरोकार समितिका संयोजक रसिक सुवेदीले विमानस्थल निर्माणका लागि बाराका जनताले जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए।

संघर्ष समितिका संयोजक ढुण्डिराज उप्रेतीले सर्वोच्च अदालतको फैसला दुरासाही भएको सच्याउन माग गरे। विमानस्थल निर्माणमा एकबद्धता जनाउन उनले सबैलाई आग्रहसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved