११ वर्षसम्मका बालबालिकालाई असार ९ देखि कोरोनाविरुद्ध खोप दिइने

नेपालभ्युज

११ वर्षसम्मका बालबालिकालाई असार ९ देखि कोरोनाविरुद्ध खोप दिइने

काठमाडौं। सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूलाई असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउने भएको छ।

मन्त्री खतिवडाका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई ९ असरा देखि दुई चरण गरेर लगाइने छ।

सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको गरी खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए।

बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने उनले बताए। बालबालिकाहरूलाई खोप लगाउन सरकारले विद्यालयमानै खोप केन्द्र तोकेको समेत उनले जानकारी दिए।

कोभ्याकस सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप आउने स्वास्थ्य सेवा विभागअन्तर्गतक आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved