मल नपाएपछि सडकमा निस्किए किसान, संसद्‌मा अर्थमन्त्री भन्छन् – अभाव हुन दिन्नौँ

यता किसान आन्दोलनमा उत्रिरहँदा संसद्‌मा अर्थमन्त्री जनार्दन शर्माले भने मलको अभाव हुन नदिने दाबी गरेका छन्।

नेपालभ्युज

मल नपाएपछि सडकमा निस्किए किसान, संसद्‌मा अर्थमन्त्री भन्छन् – अभाव हुन दिन्नौँ

काठमाडौं। बजारमा रसायनीक मल अभाव भएपछि हलो र जुवालगायतका कृषि औजार बोकेर किसानहरू प्रदर्शनमा उत्रिएका छन्।

रोपाइको सिजन शुरु भइसक्दा पनि मल नपाएपछि सरकारलाई दबाब दिन नेपाल क्रान्तिकारी किसान संघले दबाब र्‍याली गरेको हो। संघले खेती लगाउन तुरुन्त मल उपलब्ध गराउन माग गरेको छ। उनीहरूले धान रोप्नका लागि तयार भइसक्दा पनि मल नपाएपछि प्रदर्शन गरेका हुन्। किसानहरूले ‘धान रोप्ने बेला भइसक्यो किसानले मल कहिले पाउने सरकार’, ‘भ्रष्टाचारीहरूलाई कारबाही गर’, ‘रसायनीक मलको व्यवस्था तुरुन्त गर’ जस्ता नारासहित दबाब र्‍याली गरेका हुन्।

रत्नपार्कबाट शुरु भएको र्‍याली बागबजार, पुतली सडक, प्रदर्शनी मार्ग, शहीद गेट, न्यूरोड, इन्द्रचोक, भेडासिंह, असन हुँदै भोटाहिटीसम्म गरिएको थियो।

यता किसान आन्दोलनमा उत्रिरहँदा संसद्‌मा अर्थमन्त्री जनार्दन शर्माले भने मलको अभाव हुन नदिने दाबी गरेका छन्। बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै आज उनले आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवर्द्धनका लागि गरिएको लगानीलगायत समग्रतामा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने बताए। उनले अहिले वैदेशिक सहायता उत्साहजनक रहेको र आगामी वर्ष वैदेशिक लगानी भित्र्याउने आधार तयार गरिएकाले अर्थतन्त्रको प्रगति हुने दाबी गरे।

कृषकलाई बीउ र मल अभाव हुन नदिने भन्दै उनले मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरुप बजेट व्यवस्थापन हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved