हेमन्तप्रकाश र धर्मेन्द्रप्रति विप्लवको आक्रोश : कुण्ठा जडिएकाहरू झोला बोकेर हिँडे

नेपालभ्युज

हेमन्तप्रकाश र धर्मेन्द्रप्रति विप्लवको आक्रोश :  कुण्ठा जडिएकाहरू झोला बोकेर हिँडे

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी फुटाएका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीको नेतृत्वमाथि प्रश्न उठाएका छन्।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने क्रममा चन्दले विवाद भएको अर्को साता नै धर्मेन्द्र र हेमन्तप्रकाश झोला बोकेर हिँडेको भन्दै उनीहरूको नेतृत्वमाथि प्रश्न गरे। पार्टीमा छलफल र बहस हुँदैमा आत्तिन नहुने बताउँदै उनले विवाद भएको हप्तादिनमै झोला बोकेर हिँडिहाल्ने लिडरसिप चरित्रमाथि उनले प्रश्न गरे।

‘‘पार्टीमा छलफल र बहस हुँदैमा आत्तिनु हुँदैन। विवाद भएको हप्तादिन भएको भएको छैन झोला बोकेर हिँडिहाल्ने यो कस्तो खालको लिडरसिपको चरित्र हो ?’’ उनले भने, ‘‘एकछिन कुरा हुन पाएको छैन खरानी उडाउँदै हिंड्ने यो कस्तो खालको संस्कार दृष्टिकोण हो ?’’

पार्टी विभाजनले कार्यकर्ता र शुभेच्छुक चिन्तित भएको बताउँदै उनले नेतृत्वले त्यसमा ध्यान नदिएको हो कि भन्ने चिन्ता बढेको बताए। उनले भने, ‘‘उहाँले एक ढंगले बबण्डर मच्चाउने काम गर्नुभयो। त्यो सुझवझपूर्ण कदम थिएन। त्यो क्रान्तिकारी नेताले परिपक्वता थिएन।”

धर्मेन्द्र र हेमन्तप्रकाशमा आवेग, कुण्ठा र असहिष्णुता जडिएकाले आफूले सम्झाउने प्रयास गरे पनि सफल नभएको उनले बताए।

विप्लव पक्षले संसदीय चुनावमा सहभागी हुने भएपछि धर्मेन्द्र र हेमन्तप्रकाशले त्यसको विरोध गरेका थिए। जसको परिणाम १४ वैशाखमा विप्लव पक्षधरले असन्तुष्ट दुई नेतालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने गरी कारबाही गरेको थियो।

सोही कारबाहीको जवाफमा २१ वैशाखमा चितवनमा भएको ओली र बास्तोला पक्षको भेलाले विप्लवलाई पार्टी महासचिवबाट र प्रकाण्डलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ। सो निर्णयपछि पार्टीमा फुट आएकोमा पार्टी विभाजन भएको घोषणा गर्न मात्र बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved