बागमती प्रदेशसभामा एमालेको अवरोध

मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए।

नेपालभ्युज

बागमती प्रदेशसभामा एमालेको अवरोध
फाइल तस्वीर

हेटौँडा। बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। बैठक शुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक शुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए।

मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए।

घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायमै राख्ने उनले बताएपछि सभामुख श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गरे। बैठक अझै चल्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved