प्रशिक्षण लिन नवनिर्वाचित माओवादीका जनप्रतिनिधि काठमाडौंमा

नेकपा (माओवादी केन्द्र) ले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन काठमाडौंमा भेला गरेको छ।

नेपालभ्युज

प्रशिक्षण लिन नवनिर्वाचित माओवादीका जनप्रतिनिधि काठमाडौंमा
फाइल फोटो

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन काठमाडौंमा भेला गरेको छ।

कमलपोखरीमा बुधबारदेखि आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रममा भाग लिन देशभरका जनप्रतिनिधिहरु काठमाडौंकाे कुमारी हलमा भेला भएका छन्।

बुधबार र बिहीबार दुई दिनसम्म चल्ने प्रशिक्षणमा पार्टीका शीर्ष नेता लगायत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि उपस्थित छन्।

उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिने कार्यक्रम छ।

दुई दिने प्रशिक्षण कार्यक्रममा पूर्वमहान्याधिवक्ता मुक्ति प्रधान, पार्टी स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेल, डा. खिमलाल देवकोटा, पूर्वमुख्यसचिव लीलामणि पौड्याल, अर्थमन्त्री जनार्दन शर्मा लगायतले प्रशिक्षण दिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved