टायरमा समस्या देखिएपछि काठमाडौं फर्कियो भद्रपुर उडेको बुद्ध एयरको विमान

टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्किएको छ।

नेपालभ्युज

टायरमा समस्या देखिएपछि काठमाडौं फर्कियो भद्रपुर उडेको बुद्ध एयरको विमान
फाइल तस्वीर

काठमाडौं। टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्किएको छ।

बुद्ध एयरको ९५३ उडान नम्बरको विमानको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि भद्रपुर नपुग्दै आकाशबाटै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको हो।

६९ जना यात्रु लिएर भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको विमान ११ बजेर १० मिनेटमा सकुशल काठमाडौं अवतरण गरिएकाे थियाे।

अहिले विमानकाे प्राविधिक जाँच भइरहेकाे  विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved