देशभित्रै रासायनिक मल कारखाना स्थापना गरिने

नेपालभ्युज

देशभित्रै रासायनिक मल कारखाना स्थापना गरिने

काठमाडौं । ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्ड नेपाल मार्फत् कार्य अगाडि बढाइने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

आज संसद‍्मा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारले आगामी वर्ष प्रमुख बाली लगाउने समयमा रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न मल खरीदका लागि १५ अर्ब विनियोजन गरिएको बताए।

तिनै तहका सरकारको प्रत्येक स्थानीय तहमा प्रांगारिक मल उत्पादन र उपयोगलाई प्रोत्साहन गर्न आवश्यक रकम विनियोजन गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved