जनक शिक्षा केन्द्रमा शिक्षामन्त्रीको आकस्मिक अनुगमन

नेपालभ्युज

जनक शिक्षा केन्द्रमा शिक्षामन्त्रीको आकस्मिक अनुगमन

काठमाडौं। समयमा नै पाठ्यपुस्तक उपलब्ध नगराएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेका छन्।

आइतबार भक्तपुरको सानोथिमिस्थित जनक शिक्षाको आकस्मिक अनुगमन गर्दै उनले पुस्तक छपाइ बारे जानकारी लिएका हुन्। जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुर्‍याउने भनेपनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेलले अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा मन्त्री पौडेललाई पाठ्यपुस्तक छपाइ दुई हप्ता ढिलो हुने जानकारी केन्द्रले गराएको छ। अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिटै ढुवानी हुने केन्द्रले बताएको जानकारी मन्त्री पौडेलले दिए। कागज आएर पुस्तक छाप्ने काम भइरहेको जानकारी आफूले पाएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved