कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै

सोमबारदेखि देशभर एकैसाथ शुरु हुने यस वर्षकाे कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएकाे छ।

नेपालभ्युज

कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै

काठमाडौं। सोमबारदेखि देशभर एकैसाथ शुरु हुने यस वर्षकाे कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएकाे छ।

सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ।

परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए। उनका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ। परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ।

विगत दुईवर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved