भरतपुरमा विजय पराजयउन्मुख, रेनुको फराकिलो अग्रता

नेपालभ्युज

भरतपुरमा विजय पराजयउन्मुख, रेनुको फराकिलो अग्रता

काठमाडौं। भरतपुर महानगरपालिकामा  गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहलले फराकिलो अग्रता बनाएकी छन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग रेनुले ८ हजार ५९ मतको फराकिलो मतान्तर बनाएकी छन्।

यससँगै मेयरमा विजयको सम्भावना कमजोर बन्दै रेनु जितनजिक पुगेकी छन्। भरतपुरमा कुल एक लाख २७ हजार ५६६ मत खसेकोमा ७४ प्रतिशत मत गनेर सकिएको छ।

हालसम्म ९४ हजार २३२ मत गणना भएकोमा रेनुले ३७ हजार २७ मत प्राप्त गरेकी छन् भने सुवेदीले २८ हजार ९६८ मत पाएका छन्।

गठबन्धनको निर्णयको विरुद्धमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved