भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्ति पालिका अध्यक्ष, अख्तियारले भन्यो – शपथ रोक्नू

नेपालभ्युज

भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्ति पालिका अध्यक्ष, अख्तियारले भन्यो – शपथ रोक्नू

धनगढी। भ्रष्टाचारको मुद्दा खेपिरहेका देवीदत्त उपाध्याय कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पद तथा गोपनीयताको शपथग्रहण रोक्न निर्देशन दिएको छ।

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित उपाध्यायको शपथग्रहण रोक्न अख्तियारले निर्वाचन आयोगलाई निर्देशन दिएको हो।

अख्तियारको निर्देशनपछि शपथग्रहण रोक्न निर्देशन दिइएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

तत्कालीन वडा नम्बर २ का वडाध्यक्ष रहेका बेला उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved