सामाजिक सञ्जालमा आएको यौन हिंसाबारे छानबिन गर्न सभामुखको निर्देशन

नेपालभ्युज

सामाजिक सञ्जालमा आएको यौन हिंसाबारे छानबिन गर्न सभामुखको निर्देशन
फाइल तस्वीर

काठमाडौं। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाबारे छानबिन गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्। आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले ध्यानार्षण गराएपछि सभामुख सापकोटाले उक्त मुद्दाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका हुन्।

सौन्दर्य प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएकोमा उक्त मुद्दामा अनुसन्धान अघि बढाउन थापाले ध्यानाकर्षण गराएका थिए।

बुधबार साँझ एक युवतीले सामाजिक सञ्जालमार्फत सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षअघि आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन्। उक्त विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved