बाराको फेटा गाउँपालिकामा विवेकशील साझाले जित्यो अध्यक्ष र उपाध्यक्ष

नेपालभ्युज

बाराको फेटा गाउँपालिकामा विवेकशील साझाले जित्यो अध्यक्ष र उपाध्यक्ष

निजगढ । बाराको फेटा गाउँपालिकामा विवेकशील साझाले अध्यक्ष पदमा जित हासिल गरेको छ।

विवेकशील साझाका अध्यक्षका उम्मेदवार रुस्तम अन्सारीले नेकपा एमालेका आमिरीलाल प्रसादलाई २ हजार ८६ मतान्तरले पराजित गरे। उपाध्यक्ष पदपमा पनि विवेकशील साझाले नै बाजी मार्न सफल भयो। उपाध्यक्षमा साझाकी नीलम साहले एमालेकी कमरुन खानलाई हराइन्।

फेटा गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्षमा साझा विवेकशील साझा पार्टीका प्रह्लाद प्रसाद साह तेली विजयी भएका छन्। यो वडामा विवेकशील साझा पार्टीका दुई जना सदस्य पनि विजयी भएका छन्।

देशभरका ९ ओटा वडाध्यक्षको पदमा कतै दोस्रो तथा कतै तेस्रो स्थानमा प्रतिस्पर्धामा रहेको विवेकशील साझाले पालिकामा भने अन्य कुनै स्थानमा अग्रता बनाउन सकेको छैन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved