विदेशी लगानीकर्ताको सहजीकरणका लागि लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

नेपालभ्युज

विदेशी लगानीकर्ताको सहजीकरणका लागि लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

काठमाडौं। नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रबर्द्धनका लागि नबिल बैंक र लगानी बोर्डबीच सम्झौता भएकाे छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रबर्द्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रबर्द्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानी बोर्डसँग सहकार्य गर्नेछ।

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रबर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रबर्द्धन हुने नबिल बैंक र लगानी बोर्डकाे विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved