संसद्‍मा जनता हुन्थे भने तपाईंहरूलाई लौराले हान्थे : सांसद महत (भिडिओ)

उनले बजेट केन्द्रिकृत मानसिकता भएका तथा भ्रष्टाचारी र कमिसनमा डुबेका सामन्ती सोच भएका नेताहरूको मिलेमतोको सेटिङमा आउने गरेको बताए।

नेपालभ्युज

संसद्‍मा जनता हुन्थे भने तपाईंहरूलाई लौराले हान्थे : सांसद महत (भिडिओ)

काठमाडौं। नेकपमा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य गजेन्द्र महतले बजेट केन्द्रिकृत मानसिकता भएका तथा भ्रष्टाचारी र कमिसनमा डुबेका सामन्ती सोच भएका नेताहरूको मिलेमतोको सेटिङमा आउने गरेको बताएका छन्।  प्रतिनिधिसभामा बुधबारदेखि शुरु भएको पूर्वबजेट छलफल (प्रि–बजेट डिस्कसन) मा उनले बजेटभित्र भ्रष्टाचार, कमिशन र कुशासन लुकेको बताए।

अहिलेसम्मको बजेट पहिले विकास अनि रोजगार भनेर आइरहेकाले यहीँ भ्रष्टाचार भइहेको तर्क उनले गरे। रोजगारीबिना विकास नहुने भन्दै यसलाई उल्टाएर पहिले रोजगारी दिएर मात्रै विकासका कुरा गर्न सुहाउने उनको भनाइ थियो। ‘‘आजसम्मका बजेट विकास र रोजगार भनेर आउँछ समस्या यसैमा छ। यसैमा भ्रष्टाचार हुन्छ यसैमा कमिसन हुन्छ। विकासमा पैसा खर्च गर्ने र भ्रष्टाचार गर्ने ? सुल्टो पार्नुस् पहिले रोजगार भन्नुस् अनि विकास भन्नुस् अनि समृद्धि भन्नुस्। अनि यो सुल्टो हुन्छ,” उनले भने, ‘‘अनि युवाले रोजगार पाउँछन् र सुल्टो हुन्छ। नत्र ती युवाहरूले डाँडो काटिहाल्छन्। कालापहाड जानुपर्ने हो कि मलेसिया जानपर्ने हो गइहाल्छन्।”

उनले मन्त्री, प्रधानमन्त्री भइसकेका नेताहरूले माखोसम्म नमारेको तर प्रतिनिधिसभामा आएर भने गफैका उपदेश र सुझाव भने अनेक दिइरहेको बताए। जनताहरू सांसदहरूबाट आजित भइसकेको बताउँदै अब जनताले भेटे उनीहरूलाई  लौरोले हिर्काउने चेतावनी दिए। ‘‘यहाँ धेरै लामो समयसम्म मन्त्री खाएका, प्रधानमन्त्री खाएका भाषा हेर्नुस् त, पत्यारलाग्दो छ भाषा, यहाँ जनता भए टाउकोमा लौरोले हान्थे,” उनले भने, ‘‘भलै यहाँ जनता छैनन् हामी छौँ, मानमर्यादा पनि राख्नै पर्‍यो।”

उनले अर्थमन्त्री जनार्दन शर्मालाई केन्द्रिकृत मानसिकता, भ्रष्टाचारी र कमिसनमा डुबेका सामन्ती सोच भएका नेताहरूको सेटिङमा नभई जनमुखी बजेट ल्याउन सुझाव दिए। रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो।

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved