अब स्थानीय तहमा ३० प्रतिशत बजेट पठाउनुपर्छ : बाबुराम भट्टराई

अहिले केन्द्रमा ७० प्रतिशत राखेर ३० प्रतिशत स्थानीय तहमा पठाइरहेकोमा त्यसलाई उल्टाउनुपर्ने तर्क उनको थियो।

नेपालभ्युज

अब स्थानीय तहमा ३० प्रतिशत बजेट पठाउनुपर्छ : बाबुराम भट्टराई
फाइल तस्वीर

काठमाडौं। पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले अब स्थानीय तहमा ७० प्रतिशत बजेट पठाउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा उनले ३० प्रतिशत केन्द्रमा राखेर बाँकी बजेट स्थानीय तहमा पठाउनुपर्ने बताए।

‘‘नेपालको अर्थतन्त्र पछाडि पर्नुको कारण आन्तरिक रूपमा स्ट्यानेशनमा फसौं, संघीयता लागू भएको छ त्यसलाई थप मजबुत रुपमा कार्यान्वयन गरेर जानु पर्छ,” उनले भने, ‘‘स्थानीयतहमा पैसा पठाउनु हुँदैन भन्ने होइन। सबै भन्दा बढी ७० प्रतिशत बजेट तल पठाउनु पर्छ।”

अहिले केन्द्रमा ७० प्रतिशत राखेर ३० प्रतिशत स्थानीय तहमा पठाइरहेकोमा त्यसलाई उल्टाउनुपर्ने तर्क उनको थियो। उनले भने, ‘‘आज नै सकिँदैन भने विस्तारै यो काम गर्नुपर्छ। सबै ठूला साना विकासका योजनाका काम स्थानीय तहलाई नै गर्न दिनुपर्छ। सबै विकास निर्माणका काम स्थानीय तहबाट नै गर्न सक्नुपर्छ। यस्तो नभएरसम्म सही रुपमा अर्थतन्त्र पस्टाउन सक्दैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved