सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कांग्रेस विजयी, राजेन्द्र महतोका दाजु तेस्रो स्थानमा

नेपालभ्युज

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कांग्रेस विजयी, राजेन्द्र महतोका दाजु तेस्रो स्थानमा

सर्लाही । चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो विजयी भएका छन्।

उनले ३ हजार ९९५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत ल्याए। यसअघिका गाउँपालिका अध्यक्ष लोसपाका महेन्द्र महतो २ हजार ८८५ मतमै सीमित भए।

उनी लोसपा वरीष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोका दाजु तथा प्रदेशसभा सदस्य उपेन्द्र महतोका बुबा हुन्।

त्यस्तै उपाध्यक्षमा भने माओवादीकी गीतादेवी महतो ३ हजार ८६० मतसहित विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जु देवीले २ हजार ९५८ मत पाइन्। योसहित कांग्रेसले सर्लाहीमा ९ वटा पालिकामा जितेको छ।

यसअघि कांग्रेसले हरिपुर, मलंगवा, हरिपूर्वा तथा ब्रह्मपुरी, पर्सा, धनकौल, विष्णु र कौडेना गाउँपालिका जितिसकेको छ भने लालबन्दी, ईश्वरपुर र कविलासी नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved