मेलम्ची नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

पूर्वमन्त्री तथा एमाले सांसद शेरबहादुर तामाङको गृह नगरपालिकाको मेयरमा कांग्रेसका आइतमान तामाङ विजयी भएका हुन्।

नेपालभ्युज

मेलम्ची नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा कांग्रेसका आइतमान तामाङ र उपमेयरमा एमालेकी उमा प्रधान विजयी भएका छन्।

पूर्वमन्त्री तथा एमाले सांसद शेरबहादुर तामाङको गृह नगरपालिकाको मेयरमा कांग्रेसका आइतमान तामाङ विजयी भएका हुन्।

तामाङ ११ हजार २५८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका बालकृष्ण देउजाले ११ हजार १६५ मत ल्याएका छन्।

उपप्रमुख प्रधानले १० हजार १६४ मत ल्याएर निर्वाचित हुँदा उनकी प्रतिद्धन्दी राप्रपाकी ८ हजार ३६४ मत ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved