टीकापुरमा रेशम चौधरीको पार्टी २२ सय मतले अगाडि

नेपालभ्युज

टीकापुरमा रेशम चौधरीको पार्टी २२ सय मतले अगाडि

कैलाली। टीकापुर नगरपालिकामा थरुहट आन्दोलनका नेतृत्वकर्ता रेशम चौधरीको पार्टीले अग्रता लिएको छ। रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले यहाँ २ हजार २०२ मतले अग्रता लिएको छ।

टीकापुरमा जम्मा ३१ हजार ५२६ मत खसेको थियो। अहिलेसम्म २० हजार ५१ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले ६ हजार ३४५ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज रावलले ४ हजार १५७ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved