बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कुँवर विजयी

नेपालभ्युज

बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कुँवर विजयी

धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का कर्ण कुँवर विजयी भएका छन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पराजित गरी उनी अध्यक्षमा विजयी भएका हुन्। विजयी कुँवरले पाँच हजार ४८२ र पराजित भएका कठरियाले चार हजार १८६ मत प्राप्त गरे।

उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशराज गिरी चार हजार ५६९ मत प्राप्त गरेर विजयी भए । उनले एमालेका उम्मेदवार इन्दु कठरियालाई ३१४ मतान्तरले पराजित गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved