मोटरसाइकल दुर्घटनामा वडा सदस्य उम्मेदवारको मृत्यु

नीलकण्ठ निर्वाचन कार्यालयले भोट गन्न सुरु नगर्दै उनकाे मृत्यु भयाे।

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा वडा सदस्य उम्मेदवारको मृत्यु
सांकेतिक तस्वीर।

धादिङ। धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा नीलकण्ठ नगरपालिका–७ को वडा सदस्य उम्मेदवारको मृत्यु भएको छ।

पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर सोही वडाका २९ वर्षीय अर्जुन पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो।

धादिङबेँसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरको आइचरले वाग्मती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। मृतक पोखरेल गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर वडा सदस्य उम्मेदवारी दिएका थिए। नीलकण्ठ निर्वाचन कार्यालयले भोट गन्न सुरु नगर्दै उनकाे मृत्यु भयाे।

दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन्। उनको धादिङमा उपचार हुन नसकेपछि काठमाडौंको ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved